‘हामी आईटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ’
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी दैनिक जीवनका लागि अपरिहार्य भइसकेको बताए ।
- उनले आईटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन आवश्यक रहेको कुरामा जोड दिए ।
- प्रधानमन्त्री ओलीले सरकारले डिजिटल नेपालको नाराका साथ आईटीलाई अघि बढाएको बताए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअल रूपमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताएका हुन् ।
आईटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ । आईटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आईटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रूपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रूपमा, जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीका रूपमा आईटीको प्रयोग गर्न जरुरी रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘आईटी अनिवार्य आवश्यकता बनेको छ । हाम्रो विकासलाई आईटीले तीव्रता दिनुपर्छ ।’ प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आईटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण