चितवनमा चोरी गर्न बालबालिकाको प्रयोग बढ्दो
सारांश
- गत एक वर्षमा चितवनमा विभिन्न अपराधमा संलग्न ८६ बालबालिका पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सार्वजनिक कसुर, चोरी, लागुऔषध, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी जस्ता मुद्दाका बालबालिका छन्।
- प्रहरीका अनुसार बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउने र लागुऔषध ओसारपसारमा प्रयोग गर्ने गरेको पाइएको छ।
चितवन । चितवनमा गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसुर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यान मार्ने उद्योगमा सात, जबरजस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई,सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एक जना बालक पक्राउ गरी कारबाही गरिएको हो ।
प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा विभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ । विशेष गरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो ।
उनले भने, ‘बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन् ।’ लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ । सार्वजनिक कसुर/अभद्र व्यवहारसमेत बालबालिकालाई प्रयोग गर्ने गरेको उनले बताए ।
चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्दछन् । । उनले भने- ‘चोरीका मुद्दामा तराई मूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ । यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाई समेत पक्राउ गरी कारबाही गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण