तरुण दलले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका
सारांश
- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
- भदौ १५ गतेभित्र पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको महाधिवेशन सम्पन्न गर्नुपर्नेछ।
- मङ्सिर २६, २७ र २८ गते पाँचौँ महाधिवेशन सम्पन्न हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । दलका तदर्थ समिति अध्यक्ष विद्वान गुरुङले पार्टीको तरुण दल महाधिवेशन निर्देशन समितिको बैठकपछि जारी गरेको कार्यतालिका अनुसार भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ ।
भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला प्रतिनिधि अनुमोदन गरिसक्ने कार्यतालिका छ । कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने र कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने समय कार्यतालिकामा उल्लेख छ ।
मङसिर १० गते भित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तथा पाँचौँ महाधिवेशन मङ्सिर २६, २७ र २८ गते सम्पन्न गर्ने उल्लेख छ । कार्यतालिकामा जिल्ला अधिवेशनको तयारीमा रहेका जिल्लाहरूले केन्द्रसँग समन्वय गरी उल्लेखित कार्यतालिका भन्दा अगावै जिल्ला अधिवेशन गर्न सक्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण