शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एलिना, शान्तिश्री र लक्ष्मीमध्ये कसको होला सर्वोत्कृष्ट तीज गीत ?

सोमबार, ०२ भदौ २०८२, १२ : ४०
सोमबार, ०२ भदौ २०८२

सारांश

  • यस वर्षको तीज गीतको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ, जसमा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ।
  • म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२ मा विभिन्न २१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ।
  • आगामी भाद्र ५ गते राजधानीको बीजी ब्याक्वेटमा अवार्ड कार्यक्रम आयोजना हुनेछ, जसमा निर्णायक, भोटिङ र आयोजकको मतलाई आधार मानिनेछ।

काठमाडौँ । शान्तिश्री परियार ‘काली पसकी २’, लक्ष्मी मल्लको ‘ तीजका गीत’, लक्ष्मी पुरी प्रधान ‘घन्काइदेउ मादलु’, मञ्जु पौडेल ‘छैन नि चोलिया’ र एलिना चौहानको ‘छोरीको शीर आमा’ गीत बित सर्वोत्कृष्ट तीज गीतको भिडन्त हुने भएको छ । तीजलाई भनेर यो वर्ष थुप्रै गीतहरु सार्वजनिक भएपनि ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’को सार्वजनिक उत्कृष्ट पाँचको मनोनयन सूचीमा यी पाँच गीत गरेका हुन् ।

आर्टिष्ट अफ नेपाल डटकमको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा विगत चार वर्षदेखि नियमित हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को चौथो संस्करणमा विभिन्न २१ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । 

२०८२ सालमा बजारमा आएका तीजका गीतहरूलाई समावेश अवार्डमा सर्वोत्कृष्ट मिक्सिङ, सङ्गीत संयोजक, नवप्रतिभा, मोडल, निर्देशक, कोरियोग्राफर, छायाकार, सम्पादक, गायक, गायिका, संयुक्त गायन लगायतका विधामा अवार्ड बाँडिने अवार्डका अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।  तीज म्युजिक अवार्डको सर्वोत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् । 

अवार्डका कार्यक्रममा विभिन्न विधामा सक्रिय रहेका महिला दिदीबहिनीहरूलाई सम्मान समेत गरिनेछ । त्रिरत्न नारी सम्मान, कला पत्रकारिता सम्मान, कला सम्मान, व्यवसायी सम्मान, शिक्षासेवी सम्मान, स्वास्थ्यकर्मी सम्मान, सामाजिक सम्मान लगायतका विविध विधाका नारीहरूलाई समेत सम्मान प्रदान गरिनेछ । 

अवार्ड कार्यक्रम आगामी भाद्र पाँच गते राजधानीको बीजी ब्याक्वेटमा सम्पन्न हुनेछ । अवार्डमा ५० प्रतिशत निर्णायकको मत, ४० प्रतिशत भोटिङ र १० प्रतिशत आयोजकको मतलाई लिएर सर्वोत्कृष्ट घोषणा गरिनेछ । 

  • यस्ता छन् उत्कृष्ट पाँच भित्र पर्न सफल तीज तथा सर्जक

१. सर्वोत्कृष्ट तीज गीत मिक्सिङ 
१) सञ्जय श्रीपाल – मैदानै थर्कियो
२) समित परियार – तीजको लहर मनै हरर
३) विनोद परियार – बत्ती पिलिलि
४) एसबी मुस्कान – छैन नि चोलिया
५) पवन रानाभाट – मलाई क्या माया गर्छन्

२. सर्वोत्कृष्ट तीज गीत सङ्गीत संयोजक
१) रमेश सेन्चुरी – ए आमा
२) नरेन्द्र वियोगी – आयो रे आयो तीज
३) सुदिप सागर – छैन नि चोलिया
४) राजु सुनाम – बत्ति पिलिलि
५) विपिन आचार्य – चाँदी काटी रैया

३.सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
१) श्रीराम पौडेल – आँखा सन्काई सन्काई
२) मीना बर्तौला – कस्की छोरी होला
३) प्रतिभा गैरे – दिन्न के रे
४) ऋतु बोहोरा – बाहुनी मन पर्छ
५) झरना पुन – मुसाले काट्यो

४. सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला
१) करिश्मा ढकाल – दिन्न केरे
२) रविना भण्डारी – पाल्पाली कान्छो झापाली कान्छी
३) ज्योति खड्का – आयो तीजको लहर
४) अस्मिता राना – रमाइलो भनेकै चोक चोकमा
५) सजिना लामिछाने – आमाले सुने लुकेर रोलिन्

५. सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष
१) लोमश शर्मा – तीज आयो
२) युविन ढुंगाना – मैदानै थर्कियो
३) विजय पुन – सारी लरक्कै
४) विजय केसी – तीजको लहर मनै हरर
५) गोविन्द विवश – नाच्छु म बुरुक्क बुरुक्क

६. सर्वोत्कृष्ट तीज गीत संयुक्त मोडल
१) अस्मिता रनपाल र दिपा रनपाल – धनमाया मनमाया
२) रितु तामाङ र लक्ष्मी गुरुङ – नाचम बरिलै
३) रितु तामाङ र सलिना नेपाली – हाम्रा पालामा
४) सञ्चिता बोलखे र निरुता लुइँटेल – बाध्यताले हो
५) स्मारिका ढकाल र अन्जली अधिकारी – गयो जोवन ढली ढली

७. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
१) शिवन पोखरेल – मैदानै थर्कियो
२) देवेन्द्र पाण्डे – घुम्न जाऊँ न माया
३) शेखर घर्ती मगर – ए नि बरिलै
४) निरेन श्रेष्ठ – घन्काइदेउ मादलु
५) शिशिर बुढाथोकी – आमा र माइतीको माया

८. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
१) गम्भीर विष्ट – कल्ले देख्यो र ?
२) जेरी भण्डारी – काली पसमकी –२
३) मुकेश पुलामी – खै तिम्ले है बुझेको
४) विक्रम चौहान – म त माइत जाने हो
५) शेर साउद – बत्ती पिलिलि

९. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाकार
१) दुर्गा पौडेल –  तीजका गीत
२) अजय रेग्मी – खै तिम्ले बुझेको
३) रुपेश थापा – मलाई क्या माया गर्छन्
४) भूपेन्द्र थापा मगर – आयो रे आयो तीज
५) सुनिल भण्डारी – घन्काइदेउ मादलु

१०. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
१) विनोद बम – ए आमा
२) सुरेश काफ्ले – उडायो रिवन
३) विष्णु खड्का – घन्काइदेउ मादलु
४) विवेक सुनार – यो तीजैको महिना
५) नवीन घर्ती मगर – यिनका बुढाले

११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृङ्गार
१) सरिता प्रजापति – आमा र माइतीको माया
२) गीत वि.क. – माइत जानलाई
३) कविन्द्र खड्का – म त माइत जाने हो
४) कबिता तोलाङ्गी – घन्काइदेउ मादलु
५) सुबास तिमिल्सना – यो तीजैको महिना

१२. सर्वोत्कृष्ट गीत संयुक्त गायन
१) शीला विष्ट/राधिका भण्डारी – ए नि बरिलै
२) तारादेवी सुनुवार/कल्पना सुनुवार – रातो साडी
३) एलिना चौहान/सुजाता केसी – सासुको तीज
४) विन्दु पौडेल/एलिना चौहान – यिनका बुढा
५) नम्रता तामाङ/बबी लिम्बू/निलम रोका कार्की – कल्ल देख्यो र ?
१३. सर्वोत्कृष्ट तीज दोहोरी शब्द
१) शेर साउद – बत्ती पिलिलि
२) मदन ढकाल – माइतीको दैलो
३) सिताराम परियार – पियारी
४) विष्णु न्यौपाने – सम्पत्ति कमाउन
५) विक्रम बाबु विश्वकर्मा – यही हो मेरो थुतुनो

१४.सर्वोत्कृष्ट तीज दोहोरी सङ्गीत
१) प्रकाश कटुवाल – म त माइत जाने हो
२) नेत्र भण्डारी – आँखा सन्काइ सन्काइ
३) सचिन भट्टराई – कस्की छोरी होला
४) राम कुमार नेपाली – साइली छोरी
५) बसन्त लम्साल – बाहुनी मन पर्छ

१५. सर्वोत्कृष्ट गायक तीज दोहोरी
१) प्रकाश कटुवाल – म त माइत जाने हो
२) सचिन भट्टराई – कस्की छोरी होला
३) राम कुमार नेपाली – साइली छोरी
४) आशिष सुनार – नाच्छु म बुरुक्क बुरुक्क 
५) दिपकराज विश्वकर्मा – तीजको लहर आयो गाउँ शहर

१६. सर्वोत्कृष्ट गायिका तीज दोहोरी
१) सिर्जु अधिकारी – म त माइत जाने हो
२) सन्जु न्यौपाने – नीलो आकाशमा
३) समिक्षा अधिकारी – कस्की छोरी होला
४) मनमाया वाइबा – जे पनि सहने मै होला
५) मधु रसाइली – नाच्छु म बुरुक्क बुरुक्क

१७. सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द
१) दिपक घिमिरे – आमा र माइतीको माया
२) प्रेम सापकोटा सोनु – काली पसमकी – २
३) भरत परियार – तीजको लहर मनै हरर
४) तुलसा रिजाल – आफ्नै कथा
५) राधिका पन्त भण्डारी – काला पोखरा

१८. सर्वोत्कृष्ट मौलिक तीज सङ्गीत
१) कृष्ण लामिछाने – आमा र माइतीको माया
२) दिपक शर्मा – कल्ले देख्यो र ?
३) विपिन घिमिरे – ए नि बरिलै
४) रेशम चौधरी – छैन नि चोलिया
५) विष्णु भण्डारी – काला पोखरा

१९. सर्वोत्कृष्ट मौलिक तीज गीत गायिका
१) अन्जु गौतम – आयो तीजको लहर
२) पुजन काफ्ले – छड्के तिलहरी
३) रचना रिमाल – आयो रे आयो तीज
४) सुनितामी परियार – तीजको लहर मनै हरर
५) सरिता भारती – नाच्छ भने नाच्न दे

२०. सर्वोत्कृष्ट तीज गीत डायस्पोरा
१) कुमारी रेग्मी – आयो रे आयो तीज
२) विन्दु पौडेल – यिनका बुढाले
३) दिपेन्द्र खड्का – आँखा सन्काई सन्काई
४) विनोद शाही – परदेशीको तीज
५) अमृता लुंगेली – आँखा मार्‍यो

२१. सर्वोत्कृष्ट तीज गीत
१) काली पसकी २ – शान्तिश्री परियार
२) तीजका गीत – लक्ष्मी मल्ल
३) घन्काइदेउ मादलु – लक्ष्मी पुरी प्रधान
४) छैन नि चोलिया – मन्जु पौडेल
५) छोरीको शीर आमा – एलिना चौहान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप