बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘परालको आगो’ को वर्कसपमा सौगात, प्रकाशदेखि सुहानासम्म

सोमबार, ०२ भदौ २०८२, १३ : ११
सोमबार, ०२ भदौ २०८२

सारांश

  • फिल्म 'परालको आगो' को छायाङ्कन अगाडि कलाकारहरु वर्कसपमा जुटेका छन्।
  • गुरुप्रसाद मैनालीको कथामा आधारित फिल्ममा सौगात मल्ल, प्रकाश सपुत लगायतका कलाकारको अभिनय रहनेछ।
  • भदौ २६ गतेदेखि म्याग्दीमा छायाङ्कन सुरु हुने फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्दैछन्।

काठमाडौँ । पछिल्लो समय फिल्म छायाङ्कन पूर्वनिर्माण युनिट वर्कसपमा जुट्न थालेको छ । यसले फिल्मको छायाङ्कनमा सहज हुने मान्यता रहँदै आएको छ । यस्तैमा फिल्म ‘परालको आगो’ ले पनि वर्कसप सुरु गरेको छ । 

चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारितर हेर निर्माण हुन लागेको फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने लगायतको अभिनय रहनेछ । आइतबारदेखि सुरु भएको वर्क सपमा फिल्मका कलाकार सबै जुटिरहेका छन् । 

फिल्मका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित छन् । निर्माता पोखरेलले फिल्मलाई उत्कृष्ट बनाउन आफू प्रत्यक्ष रूपमा संलग्न भएको बताए । फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्दैछन् ।

फिल्मका गीतहरूमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले दिनेछन् । निर्माण पक्षका अनुसार वरिष्ठ संगीतकार शान्ति ठटाललाई दुई महिना अघि नै उनको निवासमा पुगेर संगीत प्रयोगको अनुमति लिइएको थियो । ‘परालको आगो’ को छायाङ्कन भदौ २६ गतेदेखि म्याग्दीको रमणीय स्थानहरूमा सुरु हुनेछ । छायाङ्कन सङ्कल्प भुजेलले गर्नेछन् ।

फिल्ममा रामजी लामिछानेको नृत्य रहनेछ । स्मरण रहोस् मैनालीको ‘नासो’ कथा सङ्ग्रहमा समावेश ‘परालको आगो’ कथालाई ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्ममा बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप