कन्सल्टेन्सीलाई हाजिर हुन मकवानपुर प्रशासनको सातदिने अल्टिमेटम
हेटौँडा । मकवानपुरमा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरू (कन्सल्टेन्सी) लाई कागजपत्रसहित हाजिर हुन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन गरेको छ ।
कन्सल्टेन्सीहरूले कानुनको उल्लंघन गर्दै अनुमतिविना तथा अनियमित रूपमा सेवा सञ्चालन गरेको गुनासो बढेपछि प्रशासनले सोमबार सात दिनभित्र कागजातहरू अद्यावधिक गर्न भनेको हो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार कन्सल्टेन्सीहरूले इजाजतपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कर दाखिला विवरण, प्रशिक्षकको योग्यताको प्रमाण, घर भाडा सम्झौता, परामर्शदाता तथा प्रशिक्षकको करार सम्झौता, विदेशी प्रशिक्षक भएमा भिसा, राहदानी र श्रम स्वीकृतिसहित कागजातहरू बुझाउन भनेको छ ।
यस्तै शाखा सञ्चालन गरिएका भए त्यससम्बन्धी अनुमति पत्र पनि पेस गर्न भनिएको छ । निर्धारित समयभित्र विवरण पेस नगरे वा आवश्यक मापदण्ड नपुगे प्रचलित कानुनअनुसार गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण