पदमुक्त भएपछि अब के गर्छन् शरद ओझा?
सारांश
- बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्ने निर्णय गरेको छ।
- उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा गठित समितिले ओझा योग्य नरहेको प्रतिवेदन बुझाएको थियो।
- ओझाले भने आफूले पत्र नपाएको र पत्र पाएपछि प्रतिक्रिया दिने बताएका छन्।
काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले उनी योग्य नरहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदन अनुसार अर्थ मन्त्रालयले उनलाई पदमुक्त गर्ने प्रस्ताव लगेको थियो ।
ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । असार अन्तिम साताको बैठकले उनको आचरण तथा कार्यक्षमतामाथि प्रश्न उठाउँदै छानबिनका लागि निर्देशन दिएको थियो ।
ओझाले भने यसबारे अहिले केही प्रतिक्रिया नदिने बताए । आफूले यसको पत्र नपाएको भन्दै पत्र पाएपछि यसबारे बोल्ने उनी बताउँछन् ।
उनीसँग अब अदालत जाने विकल्प छ । उनलाई पदमुक्त गर्न न्यायिक समिति गठन भएकोले पदमुक्त गर्ने प्रक्रियामा प्रश्न उठाउने ठाउँ देखिँदैन । यसका लागि उनले आफ्नो योग्यतालाई पुष्टि गर्नुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण