इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
मङ्गलबार, ०३ भदौ २०८२, ११ : ५१
सारांश
- मानव बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी कल बहादुर बस्नेतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको छ।
- उनी यूएईमा पक्राउ परेका थिए र उनलाई नेपाल फिर्ता ल्याइएको छ।
- बस्नेतलाई कानूनी कारबाहीका लागि मानव बेचबिखन ब्यूरोमा पठाइएको छ।
काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत रहेका छन् ।
एनसिबि आबुधाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन ब्यूरो पठाइएको प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण