शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
सारांश
- कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन हस्ताक्षर संकलन गर्दा डा. शेखर कोइराला निकट सांसदले हस्ताक्षर गर्न अस्वीकार गरे।
- कोइरालाले प्रयोजन नखुलेकाले हस्ताक्षर नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए।
- कांग्रेस र एमालेबीच उपसभामुखलाई हटाउने समझदारी जुटेपछि हस्ताक्षर संकलन भइरहेको छ।
काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउन नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइरालानिकट सांसदहरूले अस्वीकार गरेका छन् । उनीहरूले प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर नगर्ने बताएका हुन् ।
पार्टीका तर्फबाट प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई हस्ताक्षरका लागि बोलाएका थिए । त्यो जानकारी डा. कोइरालानिकट सांसदहरूले डा. कोइरालालाई गराएका थिए । त्यसपछि कोइरालाले प्रयोजन खुलेपछि मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार सांसद कान्छाराम तामाङले डा. कोइरालालाई फोन गरेर हस्ताक्षर गर्ने कि नगर्ने भनेर भनेका थिए । कोइरालाले ‘प्रयोजन खुल्ने भए गर्नुस्, नखुल्ने भए नगर्नुस्’ भन्ने जवाफ दिएका थिए ।
कोइरालाले यस विषयमा आफू पक्षका सांसदहरू हृदयराज थानी, सरिता प्रसाईं, दीपक गिरी लगायतसँग पनि कुरा गरेको स्रोतले बतायो । उनले कुरा गरेका सांसदहरू हस्ताक्षर गर्न नआएको कांग्रेस संसदीय दल स्रोतले जानकारी दियो ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबिच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेपछि अहिले कांग्रेस एमालेका प्रमुख सचेतकहरूले पार्टीका सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण