छिटो दौडिन नसके सिंह पनि भोकै मर्छ : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र पार्नुपर्ने कुरामा जोड दिए ।
- प्रधानमन्त्री ओलीले युवा उद्यमी र व्यवसायीहरूलाई नेतृत्व लिन आह्वान गरे ।
- सरकारले व्यवसायीमैत्री नीति लिएको र पूर्वाधार निर्माणलाई तीव्रता दिएको ओलीले बताए ।
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले विकासको दौडमा सफल हुन अरू देशभन्दा तीव्र गतिमा अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिस्पर्धात्मक विश्वमा छिटो दौडिन नसके सिंह पनि भोकै मर्ने भन्दै विकासको गति बढाउनुपर्नेमा जोड दिए ।
ओलीले देशको भविष्य युवाको हातमा रहेको बताउँदै युवा उद्यमी र व्यवसायीहरूलाई नेतृत्वमा आउन आह्वान समेत गरे । आफू पद छोड्न तयार भए पनि युवाहरू नेतृत्वका लागि तयार हुनुपर्नेमा उनले ठट्यौली शैली देखाएका थिए ।
सरकारले व्यवसायीमैत्री नीति लिएको र पूर्व–पश्चिम, मध्यपहाडी तथा हुलाकी राजमार्ग जस्ता पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताए । अटोमोबाइल्स क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने र अब देश विद्युतीय सवारीको युगमा प्रवेश गर्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण