दुई तिहाइ पुर्याएपछि मात्रै उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गरिने
सारांश
- नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन दुई तिहाइ बहुमतको प्रयास गर्दैछन्।
- दुई तिहाइ पुर्याउन सत्तारुढ दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ, जसमा अन्य दलका नेताहरू सहभागी छन्।
- कांग्रेस र एमालेको सङ्ख्या जोड्दा १६७ मत पुग्छ, बाँकी १७ मतका लागि अन्य दलहरूसँग छलफल भइरहेको छ।
काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा दुई तिहाइ पुर्याएपछि मात्रै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रस्ताव दर्ता गर्ने भएका छन् ।
मंगलबार बिहानैबाट आफ्ना पार्टीका सांसदहरूलाई खाली पानामा हस्ताक्षर सङ्कलन गराइरहेका एमाले र कांग्रेसले दुई तिहाइ पुर्याउनका लागि अहिले सत्तारुढ दलहरूको बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीकी सचिव अनिता देवी लगायत छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सांसद आवश्यक पर्छ । अहिले कांग्रेससँग ८७, एमालेसँग सभामुख बाहेक ७७ सांसद छन् । दुई पार्टीको सङ्ख्या जोड्दा १६७ मत पुग्छ । बाँकी १७ मत पुर्याउनका लागि अहिले अन्य सत्तारुढ दलसँग छलफल गरिरहेका हुन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा छ । उसका ७ सांसद छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा छ । लाेसपासँग ४ सांसद छन् । सरकारमै रहेका दलहरूका सांसद जोड्दा १७८ सांसद छन् ।
अहिलेको बैठकमा जनमत र नागरिक उन्मुक्ति पनि सहभागी भएकाले उनीहरूले मत दिने निश्चित भएपछि हटाउने प्रस्ताव दर्ता गर्ने तयारी छ । जनमतसँग ६ र नागरिक उन्मुक्ति पार्टीसँग ४ सांसद छन् ।
जनमत मात्रैले मत दिए पनि उपसभामुख रानालाई हटाउन दुई तिहाइ पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण