‘सरकारले राज्यका सबै संयन्त्र कब्जा गरेर राज्य आतङ्क मच्चाउन खोज्यो’
सारांश
- माओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले सरकारले राज्यका संयन्त्र कब्जा गरेको आरोप लगाए।
- उनले संवैधानिक निकाय र न्यायालयमा सरकारले नियन्त्रण गर्न खोजेको टिप्पणी गरे।
- सांसद आले मगरले उपसभामुखलाई महाअभियोग लगाउने प्रयास नगर्न चेतावनी दिए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले सरकारले राज्यका सबै संयन्त्रहरू कब्जा गरेर राज्य आतङ्क मच्चाउने प्रयास गरेको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै आले मगरले सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्म नियन्त्रण गर्ने प्रयास गरेको आभास भइरहेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘झन्डै दुई तिहाइको सरकारले राज्यका सबै संयन्त्रमाथि कब्जा जमाएर राज्य आतङ्क मच्चाउन खोजेको हामीलाई आभास भएको छ । केही समय अगाडि संवैधानिक निकायका पदाधिकारीहरूको सम्बन्धमा परेको एउटा मुद्दामा सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशज्यू समेत अल्पमतमा रहने गरी एउटा फैसला आएको थियो । र न्याय सम्पादन कार्यमा एउटा मजाको स्थिति सिर्जना भएको थियो । त्यसै गरी पुरुषहरूलाई बहुविवाह गर्न पाउने अधिकारको कानुनी मस्यौदाको कुरा पनि अगाडि आएको थियो । जसलाई हामी सबैले विरोध गर्यौँ र यति बेला ओझेलमा परेको छ ।’
सांसद आले मगरले प्रतिनिधि सभाकी उपसभामुखलाई महाअभियोग लगाउने प्रयास भइरहेको सुनेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए । उनले भने, ‘फेरि प्रतिनिधि सभाका सम्माननीय उपसभामुखज्यूलाई महाअभियोग लगाएर हटाउने भन्ने दुष्प्रयास भइरहेको छ भन्ने हामीले सुनेका छौँ । यदि त्यस्तो भयो भने ठुलो विडम्बना हुनेछ । यी सबै राज्य आतङ्क फैल्याउने कार्य बन्द गरियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण