एमाले विधान महाधिवेशन : नेताहरूले गरे सनराईज हलको निरीक्षण
काठमाडौँ । दोस्रो विधान महाधिवेशन नजिकिँदै जाँदा नेकपा (एमाले)ले त्यसको तयारी पनि तीव्र रूपमा अगाडि बढाएको छ । महाधिवेशन सुव्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालयले गर्नुपर्ने तयारीदेखि प्रदेश, जिल्ला लगायतका कमिटीहरूमा महाधिवेशन सन्दर्भका तयारी बैठकलगायत विधान संशोधनमाथि छलफल र सुझाव सङ्कलनका काम धमाधम भइरहेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २०–२२ सम्म हुने विधान महाधिवेशनको तयारीको क्रममा मंगलबार मात्र एमाले नेताहरूले महाधिवेशन स्थल सनराईज हलको निरीक्षण गरेका छन् ।
एमाले उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको नेतृत्वको टोलीले महाधिवेशन स्थलको निरीक्षण गरेका हुन् ।
रिमाल नेतृत्वको टोलीमा स्थायी कमिटी सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ, सुशीला नेपाल, केन्द्रीय सदस्य निरज आचार्य, रुपनारायण श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, बाग्मती प्रदेश कमिटी सचिव नवराज सिलवाल, ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा लगायत नेताकार्यकर्ताहरू पनि सहभागी थिए ।
उनीहरुले पार्टीको विधान महाधिवेशन सुव्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि मुख्य सभाहल, बैठक कक्षहरू, सचिवालय सञ्चालन कक्ष, फर्निचर व्यवस्था, सञ्चार सुविधाको व्यवस्था, मिडिया सेन्टर र मेडिकल टिमको व्यवस्थापन, खानेपानी व्यवस्था, गाडी पार्किङ स्थल लगायत समग्र पाटोको निरीक्षण गरेको एमाले प्रचार विभागले जनाएको छ ।
एमाले दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण