फ्लाइट एण्ड फ्रेम : विश्व फोटोग्राफी दिवसमा वन्तको एकल फोटो प्रदर्शनी
सारांश
- हनुमानढोकामा १८६औँ विश्व फोटोग्राफी दिवसको अवसरमा एकल फोटो प्रदर्शनी आयोजना गरिएको छ।
- वरिष्ठ फोटोपत्रकार प्रदीपराज वन्तको 'फ्लाइट एण्ड फ्रेम' प्रदर्शनीमा ६० वटा तस्बिरहरू राखिएका छन्।
- प्रदर्शनीमा पूर्व प्रधानमन्त्री प्रचण्डको कार्यकालमा खिचिएका नेपालका भौगोलिक विविधता झल्काउने तस्बिरहरू छन्।
काठमाडौँ । काठमाडौंको हनुमानढोका परिसर आज अपराह्न फरक रौनकले भरिएको छ। १८६ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) ले पहिलोपटक एकल फोटो प्रदर्शनी आयोजना गरेको हो।
_CRY8s5fcZi.jpg)
संस्थाका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार प्रदीपराज वन्तको फ्लाइट एण्ड फ्रेम नामक प्रदर्शनीले यो दिवसलाई विशेष बनाएको छ।
_LJuHP9CPyE.jpg)
प्रदर्शनीमा वन्तले आफ्नो क्यामेरामा कैद गरेका ६० ओटा तस्बिरहरू राखिएका छन्। यी तस्बिरहरू उनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा अफिसियल फोटोपत्रकारका हैसियतले हवाइजहाजबाट खिचेका हुन्। आकाशमैत्री दृष्टिकोणले नेपालका भौगोलिक विविधता, पर्यटकीय आकर्षण र प्राकृतिक सुन्दरतालाई प्रस्तुत गर्ने यी तस्बिरहरूले प्रदर्शनीमा आउने जो–कोहीलाई आकाशबाट नेपाल हेर्ने अनुभव दिइरहेका छन्।
_PkyNieUwbH.jpg)
कार्यक्रमको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकारहरू मिनरत्न बज्राचार्य र कवीन्द्रमान शाक्यले संयुक्त रूपमा गरेका छन्। कार्यक्रममा सदस्यहरू, फोटोपत्रकार, सञ्चारकर्मी, फोटोग्राफर, विद्यार्थी तथा फोटो प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
_QWHRJITIdx.jpg)
राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकारसमेत रहेका अध्यक्ष वन्तका लागि यो प्रदर्शनी केवल पेसागत उपलब्धि मात्र होइन, लामो अनुभव र यात्राको परिणाम पनि हो।
_tIGYJi2VIE.jpg)
_7IsgQLWmMH.jpg)
_yX6NpA8gun.jpg)
_6MSB7YtuNY.jpg)
_BVB2l9SLM8.jpg)
_hkaPaZL5Au.jpg)
_Lvty7QIL7W.jpg)
_z9ektT2ysa.jpg)
_6sxZV6qZD2.jpg)
_488mVBmEgq.jpg)
_CPu5q3sBFu.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण