स्वास्थ्य मन्त्रालयले ल्याएको डिम्ब कारोबारलाई वैधानिकता दिने मापदण्ड तत्काल लागु नहुने
सारांश
- सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न अन्तरिम आदेश दिएको छ।
- स्वास्थ्य मन्त्रालयले डिम्ब कारोबारलाई वैधानिकता दिन बनाएको मापदण्ड सर्वोच्चको आदेशले तत्काल कार्यान्वयन नहुने भएको छ।
- अवैध डिम्ब कारोबारमा संलग्न व्यक्तिहरूले किशोरीहरूबाट डिम्ब संकलन गरी लाखौं रुपैयाँ असुलेको पाइएको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेसँगै सरकारले डिम्ब कारोबारको लागि ल्याएको बैधानिकता दिने मापदण्ड तत्काल लागु नहुने भएको छ ।
गत असार १८ गते राजधानीको विभिन्न क्लिनक सेन्टरबाट किशोरीहरुको डिम्ब संकलन गरी व्यापारिक प्रयोजनका लागि प्रयोग हुने गरेको घटना बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले डिम्ब कारोबारका लागि वैधानिकता दिन भदौ १ गते मापदण्ड बनाएको थियो । सो विरुद्ध परेको रिटमा सर्वोच्चको न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अन्तरिम आदेश जारी गरेसँगै सरकारले लागू गरेको मापदण्ड रोकिएको छ ।
स्वास्थ्य मन्त्रालयले भदौ १ गते सरकारले निःसन्तान व्यवस्थापन सेवा सञ्चालनलाई व्यवस्थित बनाउने भन्दै आइतबार (भदौ १ गते) ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको थियो।
उक्त मापदण्डले डिम्ब कारोबारलाई वैधानिकता दिने व्यवस्था गरेको थियो । मापदण्डअनुसार २० देखि ३५ वर्ष उमेर समूहका महिला वा पुरुषले शुक्रकीट र अण्डा दान गर्न पाउने र तीन महिनाको फरकमा ६ पटकसम्म दान गर्न सक्ने व्यवस्था गरिएको थियो ।
निःसन्तान दम्पतीलाई सन्तान प्राप्तिमा सहयोग गर्ने भन्दै प्रलोभन देखाई किशोरीहरूबाट डिम्ब सङ्कलन गरी अवैध कारोबार गर्दै आएका आईभीएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसनका क्लिनिकहरूले एक ग्राहकबाट १८ लाख रुपैयाँसम्म असुलेको पाइएपछि प्रहरीले कानुन अभावका कारण कुन कसुर अन्तर्गत मुद्दा चलाउने भन्ने अन्योल भएपछि डिम्ब सङ्कलनमा संलग्नलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडेको थियो ।
प्रहरी अनुसन्धानमा दलालहरू मार्फत नाबालिग किशोरीहरूलाई फकाई क्लिनिकमा ल्याउने, १०–१२ दिनसम्म हर्मोनल इन्जेक्सन दिने र शल्यक्रियामार्फत डिम्ब निकाल्ने गरेको डरलाग्दो तथ्य बाहिर आएको थियो । यसरी निकालिएको डिम्ब निःसन्तान दम्पतीलाई १५ देखि २० लाख रुपैयाँसम्ममा बिक्री गरिन्थ्यो भने पीडित किशोरीहरूलाई केवल १०–१५ हजार रुपैयाँ मात्र दिएर आर्थिक र शारीरिक शोषण गरिएको रिट निवेदनमा उल्लेख थियो ।
स्वास्थ्य मन्त्रालयले गत भदौ १ गते मात्रै शुक्रकीट वा अण्डा दान गर्ने दाता (डोनर) का लागि मापदण्ड बनाएको थियो ।
मन्त्रालयले बनाएको मापदण्ड अनुसार दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पती दुवैको लिखित मञ्जुरी हुनुपर्नेछ भन्ने व्यवस्था गरेको थियो । दाताको परिचय पूर्ण रूपमा गोप्य राख्ने र एउटै व्यक्तिले निश्चित पटकभन्दा बढी दान गर्न पाउने छैन भन्ने उल्लेख छ ।
दातालाई कुनै पनि प्रकारको प्रलोभनमा पार्न वा दबाब दिन पूर्ण रूपमा निषेध गरिएको छ भने कुनै पनि दाताले प्रलोभन वा प्रभाव वा दबाबमा परेर दान गर्न हुदैंन भन्ने मापदण्ड बनाएको थियो ।
के-के छन् मापदण्डमा ?
(क) वीर्य दान (Semen Donor) गर्ने व्यक्तीले पुरा गर्नु पर्ने मापदण्ड
१. एक डोनरले कम्तीमा १५ दिनको फरकमा दश पटक भन्दा बढी डोनेशन दिन नमिल्ने र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक सस्थाहरु वीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने।
२. डोनरको परिचय प्रापकलाई खुलाउन नमिल्ने
३. डोनरको उमेर २० देखि ३५ वर्षको हुनु पर्ने
४. डोनरको शारिरीक परीक्षण तथा आवश्यक जाँचहरु प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवारोग नभएको हुनुपर्ने ।
५. नागरिकता नं. तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नु पर्ने
६. विरामीको आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नं. मार्फत रेकर्ड राख्नु पर्ने
७. डोनेशन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभुत परीक्षण (CBC, RBS, RFT, LFT, GROUPING, SEROLOGY) हरुको रिपोर्ट अनिवार्य पेश गर्नु पर्ने । र सेरोलोजी टेष्ट विगत तीन महिना भित्र Negative हुनु पर्ने
८. वीर्य दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई शुसुचित मन्जुरिनामा लिनु पर्ने
९. विबाहितको हकमा श्रीमान् श्रीमती दुवै जनाको शुसुचित मन्जुरी हुनु पर्ने
१०. कुनैपनि व्यक्तिलाइ प्रलोभनमा पारी डोनेशन दिन बाध्य पार्न पाइने छैन
११. माथि उल्लेखित शर्तहरु पालना हुने गरी र दुरुपयोग नहुने गरी software निर्माण परी लागु गर्नुपर्ने ।
(ख) अण्डा दान(Oocyte Donor) गर्ने व्यक्तिले पुरा गर्नु पर्ने मापदण्ड
१. एक डोनरले छ पटक भन्दा बढी डोनेशन दिन नमिल्ने, डोनेसनको अवधी कम्तिमा पनि तीन महिनाको फरक हुनु पर्ने र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक सस्थाहरु वीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने।
२. डोनरको परिचय प्रापकलाई खुलाउन नमिल्ने
३. डोनरको उमेर २० देखि ३५ वर्षको हुनु पर्ने
४. डोनरको शारिरीक परीक्षण तथा आवश्यक जाँचहरु प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवारोग नभएको हुनुपर्ने
५. नागरिकता नं. तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नु पर्ने
६. आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नं. मार्फत रेकर्ड राख्नु पर्ने
७. डोनेशन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभुत परीक्षण (CBC, RBS,RFT, LFT, GROUPING, SEROLOGY) हरुको रिपोर्ट अनिवार्य पेश गर्नु पर्ने । र सेरोलोजी टेष्ट विगत तीन महिना भित्र Negative हुनु पर्ने
८. अण्डा दान(Oocyte Donor) गर्ने व्यक्तिलाई बुझ्ने भाषामा तत्काल वा पछी आउन सक्ने जटिलताको बारेमा जानकारी गराएको हुनुपर्ने।
९. अन्डा दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई शुसुचित मन्जुरिनामा लिनुपर्ने
१०. विबाहितको हकमा श्रीमान् श्रीमती दुवै जनाको शुसुचित मन्जुरी हुनु पर्ने
११. कुनै पनि व्यक्तिलाइ प्रलोभनमा पारी डोनेशन दिन बाध्य पार्न पाइने छैन ।
१२. माथि उल्लेखित शर्तहरु पालना हुने गरी र दुरुपयोग नहुने गरी software निर्माण परी लागु गर्नुपर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण