बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
रुस-युक्रेन युद्ध

रुस-युक्रेन युद्ध: कूटनीतिक पहलबिच आक्रमण जारी

मङ्गलबार, ०३ भदौ २०८२, २२ : ५४
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • रुस-युक्रेन युद्ध जारी रहँदा क्रेमेन्चुकमा रुसले आक्रमण गरेको छ।
  • क्रेमेन्चुकस्थित तेल र यातायात संरचनामा आक्रमण भएको र मेयरले सतर्क रहन आग्रह गरेका छन्।
  • युक्रेनले लुहांस्क क्षेत्रमा दुईवटा हतियार भण्डारमाथि आक्रमण गरेको दाबी गरेको छ।

काठमाडौँ । रुस-युक्रेन युद्धबिच कूटनीतिक प्रयास जारी रहँदा आक्रमण पनि रोकिएको छैन।

युक्रेनी अधिकारीका अनुसार रुसले मध्य युक्रेनको पोल्टावा क्षेत्रस्थित औद्योगिक सहर क्रेमेन्चुकमा रातभर आक्रमण गरेको छ। क्रेमेन्चुकका मेयर विताली मालेत्स्कीले तेल र यातायात संरचना मुख्य निशाना रहेको बताएका छन्। उनले अझै नफुटेका बमहरूबारे सतर्क रहन आग्रह गरेका छन्।

क्रेमेन्चुकमा युक्रेनकै सबैभन्दा ठुलो तेल प्रशोधन उद्योग रहेको र यसअघि पनि बारम्बार आक्रमणको लक्ष्य बन्ने गरेको छ।

यता, युक्रेनी सुरक्षा निकायले लुहांस्क क्षेत्रमा दुईवटा हतियार भण्डारमाथि आक्रमण गरेको दाबी गरेको छ। उत्तरी सहर चेर्निहीभमा भएको ड्रोन आक्रमणपछि करिब ३० हजार घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ।

यसैबीच, रुसी सञ्चारमाध्यमका अनुसार रुसले युक्रेनका १,००० सैनिकको शव फिर्ता दिएको छ भने बदलामा युक्रेनबाट १९ शव प्राप्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप