दुई कानुन व्यवसायीको प्रमाणपत्र निलम्बनमा
सारांश
- नेपाल कानुन व्यवसायी परिषद्ले दुई कानुन व्यवसायीको प्रमाणपत्र निलम्बन गरेको छ।
- वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीलाई ६ महिना र अधिवक्ता लक्ष्मीप्रसाद पोखरेललाई १ वर्षको लागि निलम्बन गरिएको छ।
- परिषद्ले आचारसंहिता विपरीत कार्य गर्ने कानुन व्यवसायीलाई कारबाही गर्ने जनाएको छ।
काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्ले दुई जना कानुन व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने निर्णय गरेको छ । प्रमाणपत्र नम्बर ४६८ का वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीलाई ६ महिना कानुन व्यवसाय गर्न नपाउने गरी निलम्बन गरेको हो ।
वरिष्ठ अधिवक्ता कार्की कोशी प्रदेशमा रही कानुन व्यवसाय गर्दै आएका थिए । परिषद् सचिव श्रीराम खनालका अनुसार गत ३१ असारमा यस्तो सजायको निर्णय भएको हो । साउन अन्तिममा यसको जानकारी सर्वोच्च अदालतसमेतका मातहतका अदालतलाई दिइएको छ ।
प्रमाणपत्र नम्बर ४४०३ का अधिवक्ता लक्ष्मीप्रसाद पोखरेल कानुन व्यवसायी आचारसंहिता उल्लङ्घन गरेको भन्दै १ वर्ष कानुन व्यवसाय गर्न नपाउने गरी कानुन व्यवसायीको प्रमाणपत्र निलम्बन गरिएको छ ।
गत असार १३ गते अधिवक्ता रामबहादुर शाहलाई नसिहत सजाय गर्ने निर्णय भएको थियो । त्यस्तै २०८० मा मात्रै १४ जना कानुन व्यवसायीलाई सचेत गराइएको थियो । परिषद्ले २०८१ मा ४ जनालाई नसिहत सजाय दिइएको थियो ।
आचारसंहिता विपरीतका कार्य गरेमा परिषद्ले कानुन व्यवसायीमाथि कारबाही गर्न सक्छ। काउन्सिलको अनुशासन समितिमा महान्यायाधिवक्ता रमेश बडाल अध्यक्ष छन् भने सदस्यमा उपेन्द्रकेशरी न्यौपाने र चण्डेश्वर श्रेष्ठ छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण