नुवाकोटमा बाँदर धपाउन गएका पुरुषको मृत्यु
बुधबार, ०४ भदौ २०८२, १२ : ४७
सारांश
- नुवाकोटको मकैबारीमा बाँदर धपाउन गएका एक पुरुषको मृत्यु भएको छ।
- ५८ वर्षीय गोकर्ण नेपाली मकैबारीमा बेहोस अवस्थामा फेला परेका थिए, अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो।
- प्रहरीका अनुसार बाँदरको आक्रमण नभई उनको हृदयघातका कारण मृत्यु भएको हो।
काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ मा मकैबारीमा बाँदर धपाउन गएका पुरुषको मृत्यु भएको छ । ५८ वर्षका गोकर्ण नेपाली मकैबारीमा बेहोस अवस्थामा भेटिएका थिए । बुधवार अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।
उनलाई बाँदरले आक्रमण गरेको अफवाह फैलिए पनि आक्रमण पुष्टि नभएको नुवाकोटका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । उनले भने, ‘बारीमा बाँदर आयो कि भनेर हेर्न जानुभएको रहेछ तर, बाँदरले आक्रमण गरेको होइन ।’
काठमाडौँमा उपचार गर्न ल्याइँदै गर्दा बाटोमा मृत्यु भएपछि शव नुवाकोट फर्काइएको छ । यसअघि उनिलाई ३ पटकसम्म माइनर हर्ट अट्याक भएको थियो । पारिवारिक सदस्यहरूले उनलाई प्रेसरको पनि समस्या रहेको बताएका छन् । मृतक नेपालीको शरीरमा कुनै चोटपटक नदेखिएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण