संसद् बैठक
उपसभामुख हटाउने तयारीमा सरकार, के भन्छ माओवादी ?
बुधबार, ०४ भदौ २०८२, १४ : ३३
सारांश
- माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयासको विरोध गरेको छ।
- माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखलाई हटाउने प्रयासको विरोध गरे।
- पाण्डेले जनजाति महिलालाई आतङ्कित पारेर सदनलाई कमजोर बनाउने काम नगर्न आग्रह गरे।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ दलहरूले गरेको प्रयासको विरोध गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउने प्रयासको विरोध गरेका हुन् ।
प्रमुख सचेतक पाण्डेले भने, ‘उपसभामुखका बारेमा बारम्बार चर्चा गरेर आक्रमण र आतङ्कित बनाउने कामको हाम्रो दलको तर्फबाट म विरोध गर्दछु ।’
उनले जनजाति महिलालाई आतङ्कित पारेर सदनलाई कमजोर बनाउने काम नगर्न आग्रह गरे ।
‘सामाजिक काममा सक्रिय एउटा जनजाती महिलामाथि यसरी आतङ्कित पार्ने र उहाँको मानमर्दन गरेर सदनलाई कमजोर पार्ने काम नगरियोस्,’ पाण्डेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण