मुम्बई हार्बर लाइनमा स्थानीय रेल सेवाहरू पुनःस्थापित
बुधबार, ०४ भदौ २०८२, १५ : ४५
काठमाडौँ । बुधबार भारतस्थित मुम्बईको मध्य रेलवेको हार्बर लाइनमा स्थानीय रेल सेवाहरू पुनःस्थापित गरिएको छ ।
भारी वर्षाका कारण रेलको ट्र्याक जलमग्न भएपछि सहरको जीवन रेखा भनेर चिनिएका स्थानीय रेल सेवाहरू रोकिएका थिए । मुसलधारे वर्षाले जनजीवन प्रभावित भएको एक दिनपछि बुधबार बिहान मुम्बईमा स्थानीय रेलहरू सहित सबै सार्वजनिक यातायात सेवाहरू सामान्य अवस्थामा फर्किएको अधिकारीहरूले पीटीआईलाई बताए ।
मध्य रेलवेका प्रमुख जनसम्पर्क अधिकारी स्वप्निल नीलाका अनुसार बिहान ३ बजे ट्र्याकबाट पानी घटेपछि हार्बर लाइनमा १५ घण्टाभन्दा बढी समयपछि रेल सेवाहरू पूर्ण रूपमा पुनःस्थापित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण