नेकपा बहुमतद्वारा लिपुलेक सम्झौताप्रति आपत्ति प्रकट
सारांश
- नेकपा (बहुमत) ले भारत र चीनबीचको सम्झौताको विरोध गरेको छ।
- सम्झौताले नेपाललाई जानकारी नगराई सीमा व्यापार खोल्ने सहमति गरेको जनाएको छ।
- पार्टीले उक्त सम्झौता फिर्ता लिन र सार्वभौमसत्ताको रक्षा गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेकपा (बहुमत) ले भारत र चीनबिच लिपुलेक, सिप्की-ला र नाथु–ला नाकाबाट सीमा व्यापार खोल्ने १२ बुँदे सम्झौताको बुँदा नं. ९ प्रति गम्भीर आपत्ति जनाएको छ।
‘चीनिया विदेश मन्त्री वाङ यीको भारत भ्रमण (भद्र १–२) को क्रममा दुई छिमेकीले नेपाललाई जानकारी नदिइकन नेपालमा रहेका नाकाहरू प्रयोग गरी सीमा व्यापार खोल्ने सहमति गर्नु नेपालको सार्वभौमिकता र आत्मसम्मानको उल्लङ्घन भएको ह।’ भनिएको छ ।
मे २४, २०१५ मा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणमा यस्तै सहमति भएको थियो, तर नेपाली जनताको विरोधका कारण स्थगित गरिएको स्मरण गराउँदै बहुमत पार्टीले नेपाल सरकारसँग आग्रह गर्दै उक्त सहमति फिर्ता लिन र नेपालको सार्वभौमिकता तथा सम्मानको रक्षा गर्न अपिल गरेको छ।
पार्टीले यो सम्झौताको विरोधमा आफ्ना सम्पूर्ण पङ्क्ति र आम नेपाली जनतालाई आन्दोलनमा उत्रन हार्दिक अपिल गरेको छ। साथै, नेपालको सार्वभौमसत्ता रक्षाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाल सरकारसँग माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण