सूर्यविनायक नगरपालिकामा १८ कर्मचारीका लागि दरखास्त आह्वान
सारांश
- सूर्यविनायक नगरपालिकाले विभिन्न पदका लागि कर्मचारी भर्ना खुलाएको छ।
- १८ जना कर्मचारीका लागि आवेदन माग गर्दै सूचना प्रकाशित गरिएको छ।
- इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले करार सेवामा विभिन्न पदहरूमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै १८ जना कर्मचारीका लागि आवेदन माग गरेको हो।
इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। नगरपालिकाले सबैभन्दा धेरै ८ जना नगर प्रहरी जवान माग गरेको छ।
यसैगरी, कृषि र पशुपन्छी सेवातर्फ चौथो तहका लागि २र२ जना प्राविधिक सहायक मागिएको छ। पाँचौ तहका लागि आप्रवासी स्रोत केन्द्र परामर्श कर्ता र मनोसामाजिक परामर्श कर्ता पदमा १र१ जनाको लागि आवेदन खुलेको छ।
साथै, रिटर्नी स्वयंसेवक र फार्मेसी सहायक पदमा पनि २–२ जना कर्मचारी मागिएको छ।
नगरपालिकाका अनुसार, आवेदन फाराम, आवश्यक योग्यता र विस्तृत जानकारी नगरपालिकाको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। योग्यता पुगेका व्यक्तिहरूलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित दरखास्त दिन नगरपालिकाले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण