बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै

बिहीबार, ०५ भदौ २०८२, ०८ : ५४
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • आज भक्तपुरमा बौद्ध धर्मावलम्बीहरूले दीपङ्कर बुद्धको पूजाअर्चना गर्दै पञ्चराँ (पञ्चदान) पर्व मनाए।
  • भक्तपुरका विभिन्न विहारका दीपङ्कर बुद्धका प्रतिमालाई नगर परिक्रमा गराइयो, जसमा बाजागाजा र स्तोत्रपाठ प्रस्तुत गरियो।
  • पछिल्ला दशकहरूमा, यो पर्व बौद्ध धर्मावलम्बीहरूका साथै नेवार समुदायले पनि मनाउँदै आएका छन्।

भक्तपुर । आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन् । 

आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ । 

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी  द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपङ्कर बुद्धका प्रतिमालाई बाजागाजा तथा स्तोत्रपाठका साथ नगर  परिक्रमा गराइन्छ ।  
केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप