विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने गरी विधेयकमा लेखौँ: सांसद भण्डारी
बिहीबार, ०५ भदौ २०८२, ०९ : ५९
सारांश
- सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनुपर्ने बताए।
- शिक्षक सरुवाको दफामा शिक्षकहरूको आपत्ति र खाली ठाउँमा सरुवाको स्पष्टताको कुरा उठेको छ।
- प्राध्यापकहरूलाई राजनीति र पेशागत संघसंस्थामा आवद्ध हुन नदिने विषयमा छलफल भयो।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले पाठ्यक्रममा प्रविधिको कुराहरू जोडिनु अपरिहार्य रहेको बताए ।
शिक्षकहरूले अहिले सरुवाको दफामा शिक्षकहरूले आपत्ति जनाएको भन्दै खालि ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग लेखिनुपर्ने उनले बताए । प्राध्यापकहरूलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने कुरा उल्लेख गरिएको भन्दै प्राध्यापकहरूलाई कुनै नयाँ संघसंगठन खोल्न पनि नदिइने कुरा लेखिनुपर्ने बताए ।
समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण