बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै
सारांश
- मौसम परिवर्तनसँगै बाँकेमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ, जसबाट बालबालिकाहरू बढी प्रभावित भएका छन्।
- भेरी अस्पतालमा दैनिक २०० देखि ३०० सम्म भाइरल फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेका छन्।
- चिकित्सकहरूका अनुसार मौसम परिवर्तन, दूषित पानी र खानपिनमा ध्यान नदिँदा भाइरल फ्लु बढेको हो।
नेपालगञ्ज । मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा संकेतकुमार रिसालले उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, झाडा पखालाका लक्षण देखिएका बिरामी अहिले अस्पतालमा बढी आउने गरेको जानकारी दिए ।
तीमध्ये बालबालिकाको संख्या धेरै भएको उनले बताए । भेरी अस्पतालमा मात्र दैनिक २०० देखि ३०० सम्म भाइरल फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेको डा रिसालको भनाइ छ ।
नेपालगञ्जस्थित सन्जीवनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोमन किदवाईले शिक्षण अस्पतालमा पनि भाइरल फ्लुका बिरामी आउने क्रम अहिले बढेको बताए ।
नेपालगञ्ज र कोहलपुरका निजी क्लिनिकमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामी आउने क्रम बढेको चिकित्सकहरुले जनाएका छन् । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा उचित ध्यान नपु¥याउँदा भाइरल फ्लुका बिरामी बढेको चिकित्सकहरुको भनाइ छ ।
वरिष्ठ बालरोग विशेषज्ञ डा शकिल अहमदले मौसमको सबैभन्दा बढी प्रभाव बालबालिकामा पर्ने हुँदा अहिले बालबालिका धेरै भारइल फ्लुबाट पीडित रहेको बताए । उनले अहिले आफ्ना क्लिनिकमा आउने सबै बालबालिका भाइरल ज्वरो र रुघाखोकीबाट पीडित भएर आउने रहेको जनाउँदै सचेत रहन अभिभावकसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण