आईसीसीको गम्भीर त्रुटि : वरीयताबाटै रोहित र विराटको नाम गायब, चार घण्टापछि सच्यायो
सारांश
- आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा रोहित शर्मा र विराट कोहलीको नाम समावेश थिएन ।
- गल्ती सच्याउँदै आईसीसीले नयाँ वरीयता सूची सार्वजनिक गरेको छ र प्राविधिक समस्या आएको स्वीकार गरेको छ ।
- अघिल्लो वरीयतामा पनि यस्तै गल्तीहरू भएका थिए, जसमा भारतलाई टेस्टमा शीर्ष स्थानमा राखिएको थियो ।
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार सार्वजनिक गरेको खेलाडी वरीयतामा ठुलो गल्ती गरेको छ ।
जारी एकदिवसीय वरीयतामा भारतीय टोलीका पूर्वकप्तानद्वय रोहित शर्मा र विराट कोहलीको नाम नै समावेश थिएन, जसले क्रिकेट जगतमा हलचल मच्चायो । यद्यपि आईसीसीले करिब चार घण्टापछि आफ्नो गल्ती सच्याउँदै नयाँ वरीयता सूची सार्वजनिक गरेको छ ।
बुधबार अपडेट गरिएको वरीयतामा रोहित र विराटको नाम एकाएक हराएको थियो । जबकि गत हप्ताको वरीयतामा दुवै खेलाडी शीर्ष पाँचभित्रै अटाएका थिए । यो गल्ती सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आईसीसीको चर्को आलोचना भएको थियो ।
चौतर्फी आलोचनापछि आईसीसीले यस विषयमा स्पष्टीकरण दिएको छ । आईसीसीले विजडेनसँगको कुराकानीमा भनेको छ – ‘यस हप्ताको वरीयतामा केही प्राविधिक समस्या आएको थियो, जसको बारेमा अनुसन्धान भइरहेको छ ।’
आईसीसीका अनुसार प्राविधिक गडबडीका कारण ‘निष्क्रिय’ खेलाडीहरू सूचीबाट हटेका थिए, जसमा भूलवश रोहित र विराटको नाम पनि परेको थियो । पछि गल्ती सच्याएर दुवैलाई पुरानै स्थानमा राखिएको हो ।
विगतमा पनि भएका थिए यस्ता गल्ती
आईसीसीको वरीयतामा यस्तो गल्ती भएको यो पहिलो पटक भने होइन, यसअघि पनि यस्ता घटना भइसकेका छन्, जसमा दुई पटक त भारतीय टोलीलाई नै गल्तीले टेस्टमा नम्बर एक बनाइएको थियो । २०२२ जनवरी १८ मा आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमा भारतीय टोलीलाई टेस्टको शीर्ष स्थानमा राखेको थियो । तर यो घोषणाको करिब साढे दुई घण्टापछि नै गल्ती सच्याउँदै भारतलाई दोस्रो स्थानमा झारिएको थियो र अस्ट्रेलिया फेरि शीर्ष स्थानमा फर्किएको थियो ।
फेब्रुअरी २०२२ मा पनि आईसीसीले फेरि उस्तै गल्ती दोहोर्याएको थियो । भारतीय टोली ६ घण्टाका लागि टेस्टमा पहिलो स्थानमा रहेको थियो । तर, आईसीसीले पुनः नयाँ वरीयता जारी गर्दै भारतलाई दोस्रो र अस्ट्रेलियालाई पहिलो स्थानमा देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण