काभ्रेमा बक्सिङ क्लब सञ्चालनमा
काभ्रे । काभ्रे स्थित बनेपामा पहिलोपटक बक्सिङ क्लब सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरका बक्सिङ खेलाडी तथा एएसबिसि अण्डर-२२ मा कांस्य पदक विजेता विजय वाटाले बक्सिङ क्लब सञ्चालनमा ल्याएका हुन् । क्लबकाे बिहीबार उद्घाटन गरिएकाे छ ।
उनले बनेपा नगरपालिका वडा नम्बर- ७ स्थित संगम मार्गमा आयरन फिस्ट बक्सिङ क्लब सञ्चालनमा ल्याएका हुन् । क्लबका संरक्षक हरी बाटाले बक्सिङ खेलप्रति चासो राख्ने युवाहरूलाई लक्षित गर्दै क्लब सञ्चालनमा ल्याइएको बताए ।
खेलाडीको क्षमता उजागर, खेलप्रति आकर्षण बढाउनुका साथै प्रतिस्पर्धी खेलाडी उत्पादनमा क्लबले सहयोग गर्ने उनले बताए।
नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेले क्लबको उद्घाटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे ।
जिल्लामा रहेका बक्सिङ खेलाडी उजागरका साथै प्रतिस्पर्धा मात्रै नभई स्वस्थ जीवनशैलीका लागि समेत खेल जरुरी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण