सन् २०२५ मा इयूको डढेलोले १० लाख हेक्टरभन्दा बढी जमिनमा क्षति
सारांश
- युरोपेली संघमा २०२५ मा १० लाख हेक्टरभन्दा बढी जमिन डढेलोबाट प्रभावित भएको छ।
- स्पेन र पोर्चुगल डढेलोसँग जुधिरहेका छन्, जसमा स्पेनमा चार जनाको ज्यान गएको छ।
- यस वर्ष डढेलोका कारण २२ देशका जंगलमा ३५ मेगाटन कार्बनडाइअक्साइड उत्सर्जन भएको छ।
पेरिस । युरोपेली सङ्घमा डढेलोका कारण सन् २०२५ को हालसम्म १० लाख हेक्टर (२५ लाख एकड) भन्दा बढी जमिन जलेर प्रभावित बनेको छ।
सन् २०१७ मा नौ लाख ८८ हजार ५२४ हेक्टर जमिनमा क्षति पुगेको वार्षिक रेकर्डलाई उछिनेर बिहीबार मध्याह्नसम्ममा यो क्षेत्रफल १० लाख १५ हजार ७३१ हेक्टर पुगेको छ।
स्पेन र पोर्चुगल डढेलोसँग व्यापक रूपमा जुधिरहेका बेला युरोपेली डढेलोको सूचना प्रणालीको सार्वजनिक अनुमानित तथ्याङ्क एएफपीले सङ्कलन गरेको कुल गणनामा आधारित छ।
युरोपेली सङ्घका चार देश स्पेन, साइप्रस, जर्मनी र स्लोभाकियाले यो बर्ष डढेलोका लागि दुई दशक यताकै सबैभन्दा खराब वर्ष अनुभव गरिसकेका छन् ।
स्पेनको पश्चिमी क्षेत्रमा लागेको डढेलोका कारण चार जनाको ज्यान गइसकेको छ । डढेलोबाट सबैभन्दा बढी प्रभावित देश स्पेनमा चार लाख हेक्टरभन्दा बढी जमिन जलेको छ भने डढेलो लागेको इयूको कुल क्षेत्रफलको करिब ४० प्रतिशत स्पेनमा रहेको छ ।
सन् २०१७ मा पाँच लाख ६३ हजार ५३० हेक्टर जमिन जलेको युरोपेली सङ्घको कीर्तिमान रहेको पोर्चुगल इयूबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये दोस्रो स्थानमा छ । अगस्ट २१ सम्म यसको लगभग दुई लाख ७४ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।
रोमानियामा डढेलो प्रभावित एक लाख २६ हेक्टर जमिन रहेको छ भने फ्रान्समा ३५,६०० हेक्टर वन खरानीमा परिणत भएको छ । मुख्यतया दक्षिणी औडे क्षेत्र अगस्टको सुरुमा भीषण डढेलोबाट तहसनहस भएको थियो।
‘युरोपियन क्लाइमेट मोनिटर कोपर्निकस’को एक समूह ईएफएफआईएसले गरेको यो गणनाले कम्तीमा ३० हेक्टर क्षेत्र जलेको डढेलोलाई मात्र ध्यानमा राखेको छ ।
इयूबाहिर पनि बेलायतले गत अप्रिलमा सुरुको गर्मीका बेला लागेको डढेलो र जूनको अन्त्यमा उत्तरी स्कटल्याण्डमा लागेको डढेलो यो वर्षको अत्यधिक धेरै भएको अनुभव गरिएको जनाएको छ ।
बाल्कनमा, सर्बियाले पनि तथ्याङ्क सुरु भएयताको सबैभन्दा खराब वर्ष रेकर्ड गरिरहेको छ।
अगस्ट १९ सम्ममा युरोपेली सङ्घका २७ देशमध्ये २२ देशको जङ्गलमा लागेको डढेलोले जनवरीदेखि अहिलेसम्म ३५ मेगाटन कार्बनडाइअक्साइड उत्सर्जन गरिसकेको छ । यसले इएफएफआईएसका अनुसार सन् २०१७ मा स्थापित ४१ मेगाटनको वार्षिक रेकर्डलाई पार गर्न सकिने सङ्केत गर्दछ ।
अघिल्लो वर्ष सन् २०१७ मा डढेलोका कारण पोर्चुगल, इटाली, स्पेन र फ्रान्समा गरी २०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
एएफपीलाई प्राप्त तथ्याङ्क अनुसार सन् २०२५ मा डढेलोका कारण इयूमा १० जनाको मृत्यु भएको छ जसमा साइप्रसमा दुई जना, फ्रान्समा एक जना र इबेरियन प्रायद्वीपमा सात जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण