डेङ्गु
दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण
बिहीबार, ०५ भदौ २०८२, २३ : ३८
सारांश
- दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
- सङ्क्रमितमा एक महिला र एक पुरुष रहेका छन्।
- एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ, र उनको स्वास्थ्यमा सुधार आएको छ।
दार्चुला । हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उनीहरूमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार साउनदेखि भदौको पहिलो सातासम्ममा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमा एक महिला र पुरुष रहेका छन् । उनका अनुसार महाकाली नगरपालिका–६ घर भएकी महिला र बाँकेको कोहलपुर घर भएका पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
महिलामा गत साउन तथा पुरुषमा बिहीबार मात्रै डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । उनलाई जिल्ला अस्पतालमै राखिएको र स्वास्थ्यमा केही सुधार भएको सूचना अधिकारी भट्टले बताए ।
जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा ३२ जनामा महिला पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित हुनेमा १४ महिला र १८ पुरुष रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण