फ्राईडे रिलिज : ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’बिच भिडन्त
सारांश
- शुक्रबारबाट तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन्: 'माग्ने राजा', 'जनै हराएको मान्छे' र 'ताराहरू'।
- 'माग्ने राजा' ले गाउँले युवाको धनी बन्ने सपनाको कथालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्छ, केदार घिमिरेको मुख्य भूमिका रहेको छ।
- 'जनै हराएको मान्छे' ले गाउँबाट सहर पसेको युवाको सपना, संघर्ष र सम्बन्धको कथा भन्छ, विजय बरालको मुख्य भूमिका छ।
काठमाडौँ । आज शुक्रबारबाट तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ । फ्राईडे रिलिजको परम्परा धान्दै यी फिल्म प्रदर्शनमा आएका हुन् ।
साउनमा प्रदर्शनमा आएका तीन फिल्म मध्य ‘रियल रिङ्गेट’, ‘सिटामोल’ले राम्रो दर्शक पाउन नसकेको यथार्थ बाहिर आउँदा आउँदै पनि एकसाथ तीन फिल्म भिड्न तयार भएका हुन् । तिजको छेको पारेर प्रदर्शनमा आएका तीनै फिल्मले राम्रो ब्यवसाय गर्ने दाबी निर्माण पक्षको छ ।
एकसाथ रिलिज भएको तीन फिल्म सर्सती हेर्दा सबै फरक कथामा रहेको देख्न सकिन्छ । तीन फिल्म कमेडी, सपना र संघर्षको फरक फरक कथामा बनेको छ । तीन फिल्म एकअर्कोसँग भिड्दा व्यावसायिक असर देखिने भएपनि दर्शकलाई आफ्नो रोजाइको फिल्म छान्ने अवसर भने प्रदान गर्नेछ ।
माग्ने राजा
ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ले एक साधारण गाउँले युवाको धनी बन्ने सपनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्छ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म दर्शकमाझ प्रतीक्षित छ । फिल्मको ट्रेलरमा केदार घिमिरे विभिन्न अवतारमा देखिएका छन् ।
फिल्ममा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारहरूको पनि अभिनय छ भने आर्यन सिग्देल विशेष भूमिकामा देखिनेछन् । फिल्मले विना मिहिनेत पैसा कमाउने प्रवृत्तिको आलोचना गर्दै सामाजिक सन्देश दिने निर्माण पक्षको दाबी छ । फिल्मका लेखक सामीप्य राज तिमिल्सेना हुन् । फिल्मलाई कलाकार तथा जनप्रतिनिधि मुनाल घिमिरेले निर्माण गरेका हुन् ।
जनै हराएको मान्छे
हिमाल न्यौपाने निर्देशित यो फिल्म ‘जनै हराएको मान्छे’ले गाउँबाट सहर पसेको एक युवाको सपना, सङ्घर्ष र सम्बन्धको कथा भन्छ । विजय बरालको केन्द्रीय भूमिका रहेको फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा जस्ता कलाकारको समेत अभिनय छ । भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको यो फिल्मले सहरिया जीवनको यथार्थ र सम्बन्धको जटिलतालाई पर्दामा देखाउनेछ । फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।
ताराहरू
आशाान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ले सहरिया निम्नमध्यमवर्गीय परिवारको कथालाई प्रस्तुत गर्छ । आफ्नो सपना र आकाङ्क्षा पूरा गर्न सङ्घर्षरत एक अधबैँसे व्यक्तिको कथामा केन्द्रित फिल्मले मानसिक द्वन्द्व र त्यसबाट पार पाउन गरिने प्रयासलाई देखाउनेछ । फिल्मले गलत निर्णयले जीवनमा ल्याउने उथलपुथल र मित्रताले देखाउने सही मार्ग नै फिल्मको मूल कथा हो ।
मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का लगायत कलाकारहरूको समेत फिल्ममा अभिनय छ । फिल्मका निर्माता गोपीनी सेढाई र कृष्णप्रसाद पङ्गेनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण