‘भारत र चीनबिचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा होइन’
शुक्रबार, ०६ भदौ २०८२, १० : २०
सारांश
- चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनको साझेदारी तेस्रो देशविरुद्ध नभएको बताए।
- उनले अमेरिकी करको प्रभावबारे बोले र भारत-चीन सम्बन्धबारे धारणा राखे।
- वाङ यीले पाकिस्तानमा विदेशमन्त्रीसँग भेट गरी पत्रकार सम्मेलन गरे।
इस्लामाबाद । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबिचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको र यसले अन्य कुनै देशलाई असर नगर्ने बताएका छन्।
बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले उक्त टिप्पणी गरेका हुन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए । तर यसले भारतको रुससँगको मित्रतालाई बलियो बनाएको छ र चीनसँगको जारी तनावलाई पनि कम गरेको उनको जिकिर थियो।
मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि वाङ यी अफगानिस्तान गएका थिए र त्यसपछि पाकिस्तान गएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण