बजार
सुनको मूल्यमा सामान्य वृद्धि
शुक्रबार, ०६ भदौ २०८२, १० : ४५
सारांश
- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
- छापावाल सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको छ।
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार सोही सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम थियो ।
यसैबिच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण