थाक्सिन शिनावात्राविरुद्धको राजसंस्थाको अपमान र देशद्रोहको आरोप खारेज
सारांश
- थाइल्याण्डको अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको राजसंस्थाको अपमान र देशद्रोहको आरोप खारेज गरेको छ।
- थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दिएको अन्तर्वार्तामा शाही सल्लाहकार निकायलाई २०१४ को सैन्य विद्रोहमा सहयोग गरेको आरोप लगाएका थिए।
- यस मुद्दाले थाक्सिनकी छोरी र निलम्बित प्रधानमन्त्री पाटोङटार्न शिनावात्रालाई पनि असर पार्न सक्ने सम्भावना रहेको छ।
बैंकक । थाइल्याडको अदालतले शुक्रबार पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको राजसंस्थाको अपमान र देशद्रोह गरेको आरोप खारेज गरेको छ । आरोपहरू थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित थिए ।
दोषी ठहरिएको भए उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । अन्तर्वार्तामा उनले थाइल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय, प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग गरेको आरोप लगाएका थिए ।
उक्त विद्रोहले उनकी बहिनी यिंगलक शिनावात्राको सरकारलाई ढालेको थियो । थाईल्याण्डको लेसे–मजेस्टे कानूनले राजतन्त्रको आलोचना वा अपमान गर्नुलाई अपराध बनाएको छ । तर आलोचकहरूले चाहिँ यो कानुन प्रायः कार्यकर्ता र राजनीतिक विरोधीहरूलाई लक्षित गर्न प्रयोग गरिँदै आएको भनेर यसको आलोचना गर्दै आएका छन् ।
थाक्सिनकी छोरी र निलम्बित प्रधानमन्त्री पाटोङटार्न शिनावात्राले पनि कानुनी कारबाहीको सामना गरिरहेको समयमा यो निर्णय आएको हो । यस मुद्दामा उनलाई पदबाट हट्न सक्ने सम्भावना पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण