शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल इन्फर्मेशन टेक्नोलोजीमार्फत नेपालमा इग्नुका कार्यक्रमहरूको विस्तार

शुक्रबार, ०६ भदौ २०८२, १२ : ४८
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • NIT ले भारतको इग्नूसँगको सहकार्यमा खुला तथा दूर शिक्षा कार्यक्रमलाई प्रविधिमैत्री बनाएको छ।
  • विद्यार्थीका लागि डिजिटल लर्निङ प्लेटफर्म र लचकदार परीक्षा प्रणाली जस्ता सुधारहरू लागू गरिएको छ।
  • किस्ताबन्दीमा शुल्क तिर्न सकिने र १८ वर्ष माथिका जुनसुकै उमेर समूहका व्यक्तिले भर्ना लिन सक्ने व्यवस्था छ।

काठमाडौँ। नेपाल इन्फर्मेशन टेक्नोलोजी (NIT) ले भारतको इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (इग्नु) सँगको सहकार्यमा सञ्चालित खुला तथा दूर शिक्षा कार्यक्रमलाई थप प्रविधि–मैत्री र पहुँचयोग्य बनाएको छ। सन् २००८ देखि नेपालमा एमबीए, बीसीए, बीए, बी.कम जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको NIT ले हालै डिजिटल लर्निङ प्लेटफर्म र लचकदार परीक्षा प्रणाली जस्ता नयाँ सुधारहरू लागू गरेको हो।

संस्थाले विद्यार्थीका लागि ‘eGyankosh’ र ‘SWAYAM’ जस्ता डिजिटल लर्निङ प्लेटफर्म उपलब्ध गराएको छ, जहाँबाट उनीहरूले शैक्षिक सामग्री सहजै डाउनलोड गर्न सक्छन्। यसका साथै, कुनै विषयमा असफल भए अर्को सेसनमै पुनः परीक्षा दिन सकिने लचकदार व्यवस्था मिलाइएको छ। विद्यार्थीका परिचयपत्र र प्रमाणपत्रहरू पनि डिजिटल प्रविधिमा आधारित हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा प्रमाणीकरण गर्न सजिलो हुने NIT ले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी किस्ताबन्दीमा शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ। १८ वर्ष माथिका जुनसुकै उमेर समूहका व्यक्तिले भर्ना लिन सक्ने यी कार्यक्रमहरूमा उमेरको कुनै हदबन्दी छैन। हाल परीक्षा केन्द्र काठमाडौँमा मात्र सीमित भए पनि निकट भविष्यमा अन्य प्रमुख सहरहरूमा विस्तार गर्ने योजना रहेको संस्थाले बताएको छ।

यी कार्यक्रमहरू अध्ययन बीचमा छाडेका, रोजगारीसँगै पढ्न चाहने, गृहिणी, उद्यमी तथा पेशागत व्यक्तिहरूका लागि विशेष उपयोगी साबित भएका छन्। इग्नुबाट प्राप्त डिग्रीलाई यूनेस्को (UNESCO) र कमनवेल्थ अफ लर्निङ (Commonwealth of Learning) जस्ता अन्तर्राष्ट्रिय निकायहरूले मान्यता दिएकाले यसको विश्वव्यापी स्वीकार्यता रहेको छ।

‘सबैका लागि शिक्षा, आफ्नै स्थान, समय र गतिमा’ भन्ने अवधारणालाई साकार पार्दै NIT ले नेपालका विभिन्न वर्ग र समुदायका व्यक्तिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप