बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डेंगु सङ्क्रमण बढ्दै, कुन प्रदेशमा कति सङ्क्रमित ?

शुक्रबार, ०६ भदौ २०८२, १२ : ५५
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ र पछिल्लो हप्ता २११ जना नयाँ सङ्क्रमित थपिएका छन्।
  • डेंगु सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भएको छ।
  • कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा डेंगुका बिरामीहरू देखा परेका छन्।

काठमाडौँ । डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगु सङ्क्रमण पनि बढ्न थालेको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसैगरी, डेंगु सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । 

कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेंगु सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिए । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उनले आग्रह गर्नुभयो । 

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेंगु रोग लाग्दछ । डेंगु रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरेको छ । 

सन् २०२४ मा डेंगु सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप