साना देशहरूलाई हेप्ने भारत–चीनको प्रवृत्तिविरुद्ध दृढ भएर उभिनुपर्छ : एमाले
सारांश
- एमाले सांसद गोपाल भट्टराईले भारत र चीनबीचको सीमा व्यापार सम्झौतामा आपत्ति जनाएका छन् र नेपालले प्रतिवाद गर्नुपर्ने बताए।
- भट्टराईले दुई छिमेकी देशको व्यवहारविरुद्ध नेपाल दृढ हुनुपर्ने र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्ने बताए।
- उनले कालापानी क्षेत्रमा भारतले बारम्बार अवरोध गरेको र प्रधानमन्त्रीको भ्रमणमा यस विषयलाई जोड दिनुपर्ने कुरा राखे।
काठमाडौँ । नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले भारत र चीनबिच कालापानी क्षेत्रमा भएको सीमा व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै नेपालले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै भट्टराईले दुई ठुला छिमेकी देशहरूले साना देशहरूलाई हेप्ने प्रवृत्तिविरुद्ध नेपालले दृढतापूर्वक उभिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले सीमा व्यापार सम्झौताले नेपालको सार्वभौमिकतामाथि चोट पुर्याएको उल्लेख गर्दै कूटनीतिको माध्यमबाट उक्त समस्या समाधान गर्न सरकारसँग आग्रह समेत गरे । भट्टराईले पश्चिम क्षेत्रमा काली नदीलाई आधार मानेर गरिएका पुराना सम्झौता अझै कायम रहेको स्मरण गर्दै ती सम्झौताका कार्यान्वयनमा भारतले बारम्बार अवरोध सिर्जना गर्दै आएको आरोप लगाए।
उनले भने, ‘नेपालको भूभाग पश्चिममा काली नदी मानेर गरिएका सम्झौताहरू कायमै छन् । ती सम्झौताहरूलाई कार्यान्वयन गर्ने कुरामा अवरोध सिर्जना गर्ने र बेला बेलामा हस्तक्षेप गर्ने काम भएको छ । भारतले सैनिक फिर्ता नलैजाने र हामीले नेपालको नक्सामा समेटेपछि भारतले पनि आफ्नो नक्सामा समेट्यो । प्रधानमन्त्रीको भ्रमणको समयमा त्यस विषयलाई जोडतोडका साथ उठाएर समाधानको बाटोमा लैजानुपर्छ ।’
नले इतिहासको विभिन्न कालखण्डमा भएका सन्धि, सम्झौताको आधारमा समेत महाकालीमाथिका तीन गाउँ लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण