लम्पी स्किनलाई महामारीका रूपमा घोषणा गर्न माग
काठमाडौँ । नेकपा एमालेका सांसद महेश बर्तौलाले पशु चौपायामा लाग्ने लम्पीस्किन रोग महामारीका रूपमा फैलिएको भन्दै सरकारले रोग नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले गत वर्ष मात्रै यो रोगबाट ७० अर्ब रुपैयाँको क्षति भएको जानकारी दिए ।
उनले यो वर्ष पनि उक्त रोग फैलिरहेको भन्दै यसको रोकथामका लागि सरकारलाई आवश्यक भ्याक्सिन प्रबन्ध गर्न र महामारीका रूपमा घोषणा गरेर काम गर्न सरकारसँग माग गरे ।
‘लम्पीस्किन रोगबाट पशु चौपायाको मृत्युको सङ्ख्या बढेको छ । असार र साउनमा मात्रै ३३ हजार बढी गाइभैंसी संक्रमणबाट प्रभावित र १२१९ वटाको मृत्यु भएको पाइएको छ’, बर्तौलाले भने, ‘गत आर्थिक वर्षको अन्तसम्म झन्डै ७० अर्बको क्षति भएको । पशुपालनमा ३५ लाख किसान छन् । यो पटक पनि ठुलो क्षति हुनसक्ने देखिएको छ तर सरकारले आवश्यक भ्याक्सिन उपलब्ध गराउन सकेको छैन । अव सरकारले यसलाई महामारीको रूपमा घोषणा गर्न सरकारसँग माग गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण