शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लिपुलेक प्रयोग गर्ने भारत र चीनबिचको सम्झौता फिर्ता गर्न माग

शुक्रबार, ०६ भदौ २०८२, १५ : २३
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले नेपाली भूमि लिपुलेक प्रयोग गर्दै भारत र चीनले व्यापार सम्झौता गर्न गरेको सहमति फिर्ता गर्न आग्रह गरेको छ । 

पार्टी महासचिव विश्वभक्त दुलाल(आहुति)ले शुक्रबार विज्ञप्ति जारी गर्दै दुई देशले गरेको उक्त सम्झौताप्रति ध्यानाकर्षण भएको बताउँदै नेपाली भूमिबारे यस प्रकृतिको निर्णय गर्ने अधिकार भारत र चीन दुवैलाई नभएको बताए । 

‘यो घटना नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको साम्राज्यवादी आक्रमण हो भन्नेमा हाम्रो पार्टी स्पष्ट छ’, आहुतिले ३ बुँदे माग अघि सार्दै भारत र चीन दुवै मुलुकलाई तत्काल उक्त निर्णय फिर्ता लिन र नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् । सो पार्टीले सहमति फिर्ता नभए कडा प्रतिरोधमा उत्रने चेतावनी समेत दिएको छ । 

‘यदि यो आपत्तिजनक सहमति फिर्ता लिइएन भने हामी कडा प्रतिरोधमा उत्रिन बाध्य हुनेछौँ । साथै, यस प्रकारको राष्ट्रियता स्वाधीनता विरोधी कदमका विरुद्ध एकजुट हुन हामी सम्पूर्ण नेपाली जनतामा हार्दिक अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

533057673_1428785415076438_2054900180745536555_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप