आम सञ्चार विधेयक बलपूर्वक पारित गरिए महासंघ आन्दोलनमा उत्रने
सारांश
- नेपाल पत्रकार महासंघले कोशी प्रदेश सरकारको आम सञ्चार सम्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि आघात गर्ने खालको भन्दै ध्यानाकर्षण गराएको छ।
- विधेयकले सञ्चारमाध्यमलाई जरिवाना र इजाजत पत्र खारेज गर्ने प्रावधान राखेको छ, जसलाई महासंघले आपत्ति जनाएको छ।
- महासंघले संविधान विपरीतका प्रावधान सच्याउन माग गर्दै नसच्याए प्रतिरोध गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोशी प्रदेश सरकारले ल्याएको ‘आम सञ्चार सम्बन्धी विधेयक’ प्रेस स्वतन्त्रतामाथि आघात गर्ने खालको भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासङ्घका अनुसार ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ ले सञ्चारमाध्यमलाई डेढ लाख रुपैयाँसम्म जरिवाना र इजाजत पत्र खारेज गर्ने जस्ता कठोर प्रावधानहरू समेटेको छ । उक्त विधेयक प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई अघि बढेको छ ।
महासंघ कोशी प्रदेश समितिले सो कदमलाई ‘लोकतान्त्रिक प्रक्रियाको अवमूल्यन र बलपूर्वक कठोर कानुन ल्याउने प्रयास’ भन्दै आपत्ति जनाउँदै आएको छ । महासङ्घले संविधान विपरीत सञ्चारमाध्यमको दर्ता खारेजजस्ता निरङ्कुश प्रावधान सच्याउन माग गर्दै, नसच्याए प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संविधान र प्रेसले उपभोग गरिरहेको स्वतन्त्रता सङ्कुचन नहुने गरी मात्र कानुन निर्माण गर्नुपर्छ । बलपूर्वक विधेयक पारित गरिए महासंघ आन्दोलनमा उत्रन बाध्य हुनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण