शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

विष्णुमती नदीमा जलसतह सतर्कता तह नजिक

शुक्रबार, ०६ भदौ २०८२, १८ : १८
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँको विष्णुमती नदीको जलसतह सतर्कता तह नजिक पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गोङ्गबुस्थित जलमापन केन्द्रमा शुक्रबार साँझ जलसतह सतर्कता तह आसपासमा रहेको र अझै बढ्दो क्रममा छ ।

विभागले नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारण र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

पानीको बहाव बढ्दै गएमा बाढी र डुबानको सम्भावना रहने भएकाले जोखिमपूर्ण स्थानहरूमा नबस्न र सुरक्षित स्थानमा सर्न विभागले सचेत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप