पहिरोले कान्ति लोकपथ सडक अवरुद्ध
मकवानपुर । हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक पहिरोका कारण अवरुद्ध भएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ सडक अवरुद्ध भएको हो ।
वर्षासँगै गएको पहिरो खस्दा मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित भर्याङडाँडामा पर्ने कान्ति लोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रवार साँझ ५ बजेको समयमा उक्त स्थानमा सडक माथिबाट ठुलो मात्रामा ढुङ्गा, माटोसहित पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक विद्यासागर मेहताको कमान्डमा खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गर्दै बाटो खुलाउने प्रयास गरिरहेको छ।
लगातार पानी परिरहेकोले तत्काल बाटो खुलाउन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पहिरोका कारण सवारी साधनहरू दुबैतर्फ रोकिएको उनले बताए । सडक सुचारु गरिने प्रयास जारी रहेको र मौसममा सुधार आए लगत्तै पहिरो पन्छाउने काम अघि बढाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण