ट्रम्पलाई क्रुद्ध बनाउने गरी इरान आक्रमणको रिपोर्ट बनाउने जर्नेल बर्खास्त
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प इरानी आणविक साइटमा भएको क्षतिको मूल्याङ्कनबाट क्रोधित भए।
- डीआईए प्रमुख जर्नेल जेफ्री क्रुजसहित अन्य दुई वरिष्ठ सैनिक अधिकारीहरू बर्खास्त भएका छन्।
- बर्खास्तीको कारण राष्ट्रपति ट्रम्पको दाबी र डीआईएको मूल्याङ्कनबीचको भिन्नता हो।
वासिङ्टन डिसी । अमेरिकी आक्रमणपछि इरानी आणविक साइटहरूमा ‘सीमित क्षति’ मात्र भएको प्रारम्भिक मूल्याङ्कन गरेको रिपोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रुद्ध बनाएपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले एक जर्नेललाई बर्खास्त गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू रोयटर्स र एपीका अनुसार शुक्रबार भएको बर्खास्तीमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) का प्रमुख लुटिनेन्ट जर्नेल जेफ्री क्रुजसहित अन्य दुई वरिष्ठ सैनिक अधिकारीहरू पनि परेका छन् ।
क्रुजलाई कुन आधिकारिक आधारमा हटाइयो भन्ने खुलाइएको छैन । तर राष्ट्रपति ट्रम्पले यसअघि नै अमेरिकी हमलाले इरानी आणविक साइटहरू ‘पूर्ण रूपमा ध्वस्त’ पारेको दाबी गरेका थिए भने डीआईएको प्रारम्भिक मूल्याङ्कनले त्यसलाई खण्डन गर्दै सीमित क्षति मात्र भएको देखाएको थियो ।
यस रिपोर्टपछि राष्ट्रपति ट्रम्प र उनका प्रशासनभित्रका उच्च अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका थिए, जसपछिको पछिल्लो कदमका रूपमा यो बर्खास्ती भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण