झलकमान गन्धर्वको गीत पुनः स्वराङ्कन गरेर चलचित्रमा समावेश
शनिबार, ०७ भदौ २०८२, १४ : ३८
सारांश
- चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ।
- गीतमा विदेशमा फसेका छोराको कथा समेटिएको छ, जसमा आशिष अविरलको स्वर सुन्न सकिन्छ।
- सरोज पौडेल निर्देशित चलचित्र भदौ १२ गते रिलिज हुँदैछ, जसमा मुकुन भुसाल र सुरक्षा पन्तको मुख्य भूमिका छ।
काठमाडौँ । चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः स्वराङ्कन गर्दै निर्माण पक्षले चलचित्रमा समावेश गरेको हो ।
परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको गीतमा अहिले आशिष अविरलको स्वर सुन्न सकिन्छ ।
सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको चलचित्रलाई नरदेवी फिल्मसले प्रस्तुत गरेको हो ।
‘कोशेढुंगा’मा मुकुन भुसाल, सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण