ढल्केवर–जनकपुर–जटही सडकमा विद्युतीकरण
शनिबार, ०७ भदौ २०८२, १६ : १२
सारांश
- ढल्केवर-जनकपुर-जटही सडकमा चार करोड ३८ लाखको लागतमा विद्युतीकरण सम्पन्न भएको छ।
- सडक डिभिजन कार्यालयले खम्बा गाड्ने, सौर्य प्यानल जडान गर्ने र विद्युतीय उपकरण जडान गरेको छ।
- एमाले सचिव रघुवीर महासेठले सडक सुरक्षा र पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए।
जनकपुरधाम । ढल्केवर–जनकपुर–जटही ३५ किलोमिटर सडकमा रु चार करोड ३८ लाख ८९ हजारको लागतमा विद्युतीकरण भएको छ ।
सडक डिभिजन कार्यालयले सडकका दुवै किनारमा खम्बा गाड्नका साथै सौर्य प्यानल जडानका साथै अन्य विद्युतीय उपकरण जडान गरेको हो । सडक किनार विद्युतीकरणबाट बटुवालाई राति हिँडडुल गर्न सहज भएको छ ।
सडक विद्युतीकरण आयोजना पूरा भएकामा उक्त कार्यालयलाई धन्यवाद दिँदै नेपाल कम्युनिस्ट पार्टी( एमाले)का सचिव रघुवीर महासेठले सडक सुरक्षा तथा पूर्वाधार निर्माणका निम्ति सरकारले प्राथमिकता दिएको बताए ।
उक्त कार्यालयका प्रमुख दरोगा साहले उनले ढल्लकेवर –जनकपुरधाम –जटहीसडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणको योजना रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण