योग्य र सक्षम व्यक्तिलाई उमेरहद लगाएर बन्देज गर्न मिल्दैन - भानुभक्त ढकाल
सारांश
- एमाले नेता भानुभक्त ढकालले नेतृत्वमा उमेरको हद लगाउन नहुने बताए।
- अनेरास्ववियुको कार्यक्रममा ढकालले पार्टीको विधान महाधिवेशनले यस विषयमा टुंगो लगाउने बताए।
- ढकालले ७० वर्षे उमेर हद हटाउँदा कसैले आपत्ति जनाउन नहुने तर्क गरे।
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले योग्य र सक्षम व्यक्तिलाई उमेरको हद लगाएर नेतृत्वमा बन्देज गर्न नहुने बताएका छन् ।
अनेरास्ववियु महिला विभागको आयोजनामा भएको तिज विशेष कार्यक्रममा ढकालले भदौ १९ गतेदेखि हुने पार्टीको दोस्रो विधान महाधिवेशनले यस विषयमा टुंगो लगाउने पनि बताएका हुन् ।
‘साउन ६ गते सकिएको केन्द्रीय कमिटीले पार्टीमा रहेको ७० बर्से उमेर हद र दुई कार्यकालको प्रावधान हटाएको छ’, ढकालले भने, ‘यी दुवै विषयलाई विधान महाधिवेशन अनुमोदन गर्दछ ।’
ढकालले देशको आवश्यकता,पार्टीको आवश्यकता र व्यक्तिको क्षमतालाई उमेरको बन्देज लगाएर रोक्नु नहुने तर्क गरे । ७० बर्से उमेर हद खुलाउँदा त्यसभन्दा मुनिको उमेर समूहले प्रतिपस्पर्धा गर्न नपाउने नभनिएकाले यसमा कसैले आपत्ति जनाउन नहुने बताए । भने, ‘आत्मविश्वास र जनमत छ जस्तो लाग्छ भने सबैले प्रतिस्पर्धा गरे हुन्छ ।’
ढकालले विगतमा माओवादीसँग पार्टी एकता गरेर नेकपा बनाउँदा होस् वा त्यसभन्दा पछि एमालेविनाको नेपाल र केपी ओलीविनाको नेपाल बनाउने भनेर तम्सिनेहरू धेरै रहेका स्मरण गरे । ‘जस जसले यो मनशाय राख्नुभयो त्यो गलत थियो । त्यो आम एमालेको धारणा थिएन,’ ढकालले भने, ‘यस्तो धारणा राख्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित थिए । उनीहरू पार्टीको हितभन्दा व्यक्तिको हित चाहन्थे । उनीहरूका चाहना पूरा भएनन् र पूरा हुँदैनन् पनि ।’
ढकालले अनेरास्ववियु संगठनका विषयमा निर्णय गर्न स्वतन्त्र भएको बताए । गण्डकीलगायत केही ठाउँमा भइरहेको विवादका विषयमा आफू जानकार रहेको,असन्तुष्ट रहेकाहरूसँग संवादमा रहेको पनि बताए ।
अखिलमा ३२ बर्से उमेर हद लगाउनुको कारण युवाहरूको नेतृत्व विकासका लागि भएको प्रस्ट्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण