सहकारी समाजवादको आधारशिला हो, पीडितले न्याय पाउनुपर्छ : महामन्त्री शर्मा
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताए।
- उनले सहकारीको नियमन आवश्यक रहेको र पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए।
- शर्माले शिक्षासम्बन्धी विधेयक संवाद र संशोधनमार्फत पारित गर्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीलाई समाजवादको आधारशिला भएको बताउँदै यसको सशक्त नियमन आवश्यक रहेको धारणा राखेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकभर ३४ हजारभन्दा बढी सहकारी सञ्चालनमा रहेको उल्लेख गर्दै पीडितले न्याय पाउने अवस्थाको सुनिश्चितता गर्न जरुरी रहेको बताएका हुन् ।
उनले सहकारीमा जम्मा गरेको रकम डुबेका पीडितलाई प्राथमिकताका साथ न्याय दिनुपर्नेमा जोड दिए । शर्माले भने, “सहकारी समाजवादको एउटा आधारशिला हो । तर पीडितले नै न्याय पाउनुपर्छ । बुटवलकी सीता दर्जीले कमाएर जम्मा गरेको पैसा सुप्रिम सहकारीले डुबायो । सरकारले उनलाई सम्झेको छ कि छैन भन्ने प्रश्न उठ्छ । यो देशमा एउटा सीता पुजिन्छन्, अर्की सीता लुटिन्छन् ।”
उनले सरकारले गठन गरेको आयोगमार्फत सहकारी क्षेत्रका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गरे ।
साथै, शिक्षा क्षेत्रसम्बन्धी विधेयकका विषयमा उनले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी अघि बढ्न नमिल्ने भन्दै संवाद र संशोधनमार्फत मात्रै संसद्बाट पारित गर्नुपर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण