सुदूरपश्चिममा दुई सय ८८ जनामा डेंगु सङ्क्रमण
शनिबार, ०७ भदौ २०८२, २२ : ०६
सारांश
- सुदूरपश्चिम प्रदेशमा आठ महिनामा २८८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
- कैलालीमा सबैभन्दा बढी ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भेटिए।
- स्वास्थ्य निर्देशनालयका अनुसार, असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने सम्भावना रहेको छ।
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गु सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ ।
यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले खासगरी असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण