वर्षा
रुकुम पश्चिममा हल्का देखि मध्यम वर्षा, सतर्क रहन आग्रह
आइतबार, ०८ भदौ २०८२, ०१ : ३०
सारांश
- जल तथा मौसम विज्ञान विभागले रुकुम पश्चिमको मुसिकोटमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ।
- विभागका अनुसार, वर्षाका कारण खोलामा आकस्मिक बहाब बढ्न सक्छ र पहिरोको जोखिम छ।
- विभागले उक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले रुकुम पश्चिमको मुसिकोट (रुकुमकोट) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा हल्का देखि मध्यम वर्षा भएको जानकारी दिएको छ। विभागले आइतबार बिहान १ बजे एक सूचना जारी गर्दै पछिल्लो एक घण्टामा वर्षा भइरहेकामा थप वर्षा हुने सम्भावना रहेको जनाएको छ।
जसको प्रभावले सो क्षेत्रका स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्छ र कमजोर वा भिरालो जमिनमा पहिरोको जोखिम रहेको विभागले जनाएको छ। विभागले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण