अमेरिकामा बस दुर्घटनाहुँदा ५ जनाको मृत्यु
आइतबार, ०८ भदौ २०८२, ०३ : ०९
सारांश
- न्युयोर्कको पेम्ब्रोक नजिक टुर बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ५४ जना सवार थिए र बस अनियन्त्रित भई पल्टिएको थियो।
- मृत्यु हुनेमा भारत, अमेरिका र चीनका नागरिकहरू छन्, भने धेरै घाइते भएका छन्।
काठमाडौँ। न्युयोर्कको पेम्ब्रोक नजिक शुक्रबार टुर बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। बसमा ५४ जना सवार थिए र अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको थियो।
मृत्यु हुनेमा भारतका शंकर कुमार झा (६५), अमेरिकाका पिन्की चाङरानी (६०), कोलम्बिया विश्वविद्यालयका विद्यार्थी झी होङ्झुओ (२२, चीन), अमेरिकाका झाङ सियाओलान (५५) र जिआन मिङली (५६) रहेका छन्।
दुर्घटनामा धेरै घाइते भएका थिए, जसमा केही बच्चा पनि छन्। एरी काउन्टी मेडिकल सेन्टरमा २१ जना घाइते भर्ना भएका थिए, जसमा १४ जना अझै अस्पतालमा छन् तर अवस्था स्थिर रहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण