जीतको लय कायम राख्ने लक्ष्यसहित बंगलादेशसँग भिड्दै नेपाल
सारांश
- साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दैछ, खेल साँझ ६ बजे सुरु हुनेछ।
- प्रतियोगितामा नेपालले भारतसँग हार बेहोरेको थियो भने भुटानलाई पराजित गरेको थियो।
- अंक तालिकामा भारत शीर्ष स्थानमा छ भने नेपाल र बंगलादेशको समान अंक छ।
काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आइतबार बंगलादेशको सामना गर्दैछ । भुटानमा जारी प्रतियोगिताको यो खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । पहिलो खेलमा नेपाल भारतसँग ०–७ गोलको विशाल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले घरेलु टोलीविरुद्ध २–१ को जित हात पारेको थियो । नेपालका लागि सहारा लिम्बुले २ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा अन्य चार खेलाडीसँगै शीर्ष स्थानमा रहेकी छन् ।
अङ्क तालिकामा भारत ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । बंगलादेश र नेपालको समान ३–३ अङ्क भए पनि गोल अन्तरको आधारमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ । अङ्कविहीन भुटान पुछारमा रहेको छ ।
प्रतियोगितामा चार टोलीले भाग लिएका छन् । डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइने यस प्रतियोगितामा सबै टोली एक अर्कासँग दुई–दुईपटक आमनेसामने हुनेछन् । अन्त्यमा तालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
बंगलादेश यस प्रतियोगिताको साबिक विजेता हो । सन् २०२४ मा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो । नेपालले सन् २०२२ मा यो प्रतियोगिताको विजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण